प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुमन सायमी (Suman Sayami)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुमन सायमी
जम्मा मत

130

votes
0.4% of total votes in this constituency
About Candidate

कालीमाटी निवासी सुमन सायमी चर्चित सामाजिक अभियन्ता भर्खरै नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका हुन् । २०४६ सालको आन्दोलनको राजनीतिक परिवर्तनमा उनको परिवारको ठुलो भूमिका थियो । भूमिगत कालमा सायमीकै घरमा कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक बसेको थियो । बुवा जीवन मानन्धरको पदचाप पछ्याउँदै राजनीतिमा लागेका सायमी गुठी आन्दोलनका अगुवा हुन् ।  सडक विस्तारको विरोध, खोला मापदण्ड पीडित, लघुवित्त, भूमि पीडितहरूको पक्षमा उनी आन्दोलनमा सक्रिय रहे । 

२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि बालेन शाहसँग पराजित भएका थिए । त्यतिबेला उनले स्वतन्त्र उम्मेदवारका रूपमा १३ हजार ७७० मत प्राप्त गरेका थिए। २०७९ मै भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–८ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भए । सायमी ६ हजार १७९ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । पछि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिमा लागेका उनी निर्वाचनको मुखमा नेकपा प्रवेश गरेर काठमाडौँ–८ बाट उम्मेदवार बनेका छन् । ५२ वर्षका उनले प्लस टुसम्म अध्ययन गरेका छन् ।