प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुहाङ नेम्वाङ (Suhang Nembang)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुहाङ नेम्वाङ
जम्मा मत

13,371

votes
28.5% of total votes in this constituency
About Candidate

सुहाङ नेम्वाङ  दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । १७ फेब्रुअरी १९९० मा काठमाडौँमा जन्मेका नेम्वाङले काठमाडौँकै जगत मन्दिर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी  ज्ञानोदय बाल बाटिका स्कुलबाट उच्च माध्यमिक शिक्षा प्राप्त गरेका छन् ।  

अस्ट्रेलियाबाट उच्च शिक्षा अध्ययन गरेका उनले नेपाल फर्किएर काठमाडौँ स्कुल अफ ल मा वीएएलएलवी गरेका थिए । पूर्वसंविधान सभा अध्यक्ष समेत रहेका सुवास नेम्वाङको निधनपछि उनी इलाम–२ मा २०८१ साल वैशाख १४ गते भएको उपनिर्वाचनमा २७,७७२ मत ल्याएर निर्वाचित भएका थिए । गत पुसमा भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सुहाङ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए ।