प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

प्रदिप कुमार ज्ञवाली (Pradip Kumar Gyawali)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
प्रदिप कुमार ज्ञवाली
अग्रता
जम्मा मत

5,137

votes
31.1% of total votes in this constituency
About Candidate

नेकपा (एमाले)का नेता ज्ञवाली गत ११औँ महाधिवेशनमा  सर्वाधिक मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्यमध्येमा पर्छन् । एमालेभित्र बौद्धिक नेताका रूपमा परिचित छन् ज्ञवाली २०१९ सालमा बलेटक्सारमा जन्मिएका हुन् ।

२०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका ज्ञवालीले २०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए । राजनीतिक आन्दोलनका क्रममा ११ वर्ष भूमिगत भएका उनी १५ वर्षको उमेरदेखि भूमिगत राजनीतिमा संलग्न हुँदै २०३४ सालमा नेकपा (माले)को गुल्मी–पाल्पा जिल्ला कमिटीको सदस्य, २०४६ मा गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सचिव र त्यसको पाँच वर्षपछि लुम्बिनी अञ्चल कमिटी सदस्यको जिम्मेवारी पाएका थिए ।

२०६३ सालमा पर्यटन र २०७४ मा परराष्ट्र मन्त्री बनेका ज्ञवालीका उपन्यास, कथा सङ्ग्रह, कविता सङ्ग्रह, निबन्ध, समालोचना प्रकाशित छन् । २०५६, २०६४, २०७०, २०७४ र २०७९ का आम निर्वाचनहरूमा गुल्मी क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएपनि २०५६, २०६४ र २०७४ को चुनाव मात्र जितेका थिए ।