प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

दिनेश भण्डारी (Dinesh Bhandari)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
दिनेश भण्डारी
जम्मा मत

87

votes
4.5% of total votes in this constituency
About Candidate

२०६५ सालदेखि २०७२ सालसम्म सामुदायिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा समेत योगदान पुर्‍याएका छन् ।

धनकुटा जिल्लाको राजनीतिमा सक्रिय तथा उदाउँदै गरेका नेताका रूपमा दिनेश भण्डारी परिचित नाम हुन् । लामो समयदेखि सामाजिक अभियान र जनस्तरका गतिविधिमा संलग्न भण्डारी स्थानीय तहबाटै नेतृत्व विकास गर्दै आएका व्यक्ति हुन् ।

बुबा धनबहादुर भण्डारी र आमा जगमाया भण्डारीका सुपुत्र दिनेश भण्डारीको जन्म २०४५ साल मंसिर ४ गते तत्कालीन मूर्तिढुंगा गाविस (हाल महालक्ष्मी नगरपालिका वडा नं. ८) मा भएको हो । उनले गाउँकै जाल्पादेवी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरी जनता निम्न माध्यमिक विद्यालय हुँदै राम माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् ।