प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

खडक राज पौडेल (Khadak Raj Poudel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
खडक राज पौडेल
जम्मा मत

67

votes
0.9% of total votes in this constituency
About Candidate

गनेस पौडेलकाे नामले परिचित खडकराज पाैडेल पोखरा–१४ मझेरीपाटनका लेखक, शिक्षक र सामाजिक अभियन्ता हुन् । अंग्रेजी साहित्यमा स्नातक तथा पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) गरेका उनले १५ वर्षभन्दा बढी शिक्षण अनुभव सँगालेका छन् । उनी पोखरामा ‘¥यान्डम रिडर्स सोसाइटी’मार्फत पठन संस्कृतिको विकास गर्ने अभियानका परिकल्पनाकारका रूपमा पनि चिनिन्छन् । ‘पैताला’जस्तो प्रयोगवादी उपन्यासमार्फत साहित्यमा ‘एब्सर्ड’ चेत भित्र्याएका पौडेलले परम्परागत राजनीतिक संस्कृतिको आलोचना गर्दै ‘विचारले जित्ने, चरित्रले टिक्ने’ वैकल्पिक राजनीतिको पक्षमा आफूलाई उभ्याएका छन् । उनी ‘अटेरी’ अभियानका प्रवर्तकका रूपमा समेत परिचित छन्, जसलाई उनले सत्ता र शक्तिको दुरुपयोगविरुद्ध नागरिकस्तरको सविनय अवज्ञाको रूपमा व्याख्या गर्ने गरेका छन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्री सदस्य हुन् ।