प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

लेखनाथ न्यौपाने (Lekhnath Neupane)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
लेखनाथ न्यौपाने
जम्मा मत

285

votes
0.9% of total votes in this constituency
About Candidate

बौद्धिक तथा अध्ययनशील नेताका रूपमा चर्चित युवा नेता लेखनाथ न्यौपाने स्पष्ट विचार, सिद्धान्त तथा सरल जीवन शैलीका कारण सबैमाझ लोकप्रिय छन् । गोरखाको सिरान चोक गाउँपालिका–३ मा जन्मिएका उनी अशिक्षा र गरिबीसँग संघर्षबाट जन्मिएका नेता हुन् । माध्यमिक शिक्षा गाउँकै जनता माध्यमिक विद्यालयमा पूरा गरेका उनले परिवारको आर्थिक अवस्थाले उच्च शिक्षा पढ्न काठमाडौँ आए । संघर्षकै बिचबाट न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा पूरा गरे ।

विद्यालयमा अध्ययनकै क्रममा वामपन्थी विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी क्याम्पस इकाई अध्यक्ष, काठमाडौँ जिल्ला अध्यक्ष हुँदै २०५२ सालमा जनयुद्ध सुरु हुनुभन्दा अघि अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य बने । २०५४ साल (जेल)मा रहेकै बेला केन्द्रीय कोषाध्यक्ष, २०५६ मा उपाध्यक्ष र ०६० मा अध्यक्ष बने । न्यौपाने २०६० देखि २०६७) सम्म दुई पटक अध्यक्ष बने ।