प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुरेन्द्र कार्की (Surendra Karki)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुरेन्द्र कार्की
जम्मा मत

0

votes
About Candidate

सुरेन्द्र कार्कीका लागि यो निर्वाचन "शैक्षिक योग्यता र प्राविधिक दक्षतालाई जनसेवामा बदल्ने" एउटा ठूलो परीक्षण हो।

२०५४ सालमा तेह्रथुमको फेदाप गाउँपालिका–सिम्लेमा जन्मिएका कार्कीको प्रारम्भिक बाल्यकाल भने म्याङ्लुङ क्षेत्रमा बितेको हो । शैक्षिक रूपमा अब्बल मानिने उनले २०६८ सालको एसएलसी परीक्षामा जिल्ला टप गर्दै उत्कृष्ट विद्यार्थीको परिचय बनाएका थिए । त्यो समय उनी रेकर्ड होल्डरका रूपमा समेत चर्चित थिए ।

उच्च शिक्षाका लागि उनले प्रतिष्ठित बुढानीलकण्ठ स्कुल, काठमाडौंमा अध्ययन गरेका हुन् । बुढानीलकण्ठका पूर्वविद्यार्थीहरूमध्ये स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, उज्ज्वल थापाजस्ता राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तित्वहरू पनि पर्छन् । यसले उनको शैक्षिक पृष्ठभूमि मात्र होइन, नेतृत्व विकासको आधारसमेत देखाउँछ।

कार्कीको राजनीतिक चेतनाको प्रारम्भिक आधार आरआर क्याम्पसमा अध्ययन गर्दा विकसित भएको बताइन्छ । त्यसपछि इन्जिनियरिङ परामर्शदाताको रूपमा विभिन्न प्रतिवेदनहरूमा काम गर्ने क्रममा संविधान, कानुन र राज्य सञ्चालनसँगको निकटताले उनको राजनीतिक बुझाइलाई थप व्यावहारिक बनाएको छ ।