|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
६४ वर्षीय ढकाल तेह्रथुमको छथर गाउँपालिका, ओख्रेमा जन्मिएका थिए । २०३७ सालमा जिल्लाकै म्याङलुङस्थित सिंहबाहिनी व्यावसायिक माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनी अनेरास्ववियुमा आबद्ध भए । यही नै उनको राजनीतिक यात्रा बन्न पुग्यो ।
प्रारम्भिक कमिटी अध्यक्षबाट सुरु भएको ढकालको विद्यार्थी राजनीति तेह्रथुम जिल्ला अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रीय महासचिवसम्म पुग्यो । विद्यार्थी राजनीति गर्दा उनी काठमाडौ अध्यक्ष र नेपाल ल क्याम्पसको कोषाध्यक्ष भए ।
२०५३ सालपछि भने ढकालको राजनीति मूल पार्टी एमालेतर्फ बढ्यो। २०४५ सालमा पार्टी सदस्यता पाएका ढकाल स्थानीय निकाय विभागका सचिव, कोसी अञ्चल समन्वय सदस्य, केन्द्रीय प्रचार विभाग सदस्य हुँदै २०६५ मा केन्द्रीय कमिटी सदस्य बने ।
पार्टी केन्द्रीय कमिटीमा रहदा उनले संगठन विभाग उपप्रमुख, विद्यार्थी फाँट प्रमुख र मोर्चा समन्वय विभाग प्रमुख जस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । २०७१ सालमा पोलिटब्युरो र २०७९ सालमा स्थायी कमिटी सदस्य भएका ढकाल गत मंसिरको एघारौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिव पदमा निर्वाचित भए ।