प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

महालक्ष्मी उपाध्याय(डिना) (Mahalaxmi Upadhyaya)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
महालक्ष्मी उपाध्याय(डिना)
जम्मा मत

15,621

votes
26.5% of total votes in this constituency
About Candidate

विगत ४० वर्षदेखि नेपाली राजनीतिमा निरन्तर सक्रिय रहेकी महालक्ष्मी उपाध्याय ‘डीना’लेवि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिइन् ।२०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट महिलातर्फको सहमहामन्त्रीमा निर्वाचित उपाध्याय कांग्रेसका तर्फबाट २०४८ सालदेखि प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएकी छन् । 

उपाध्याय मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवार छिन् । मकवानपुरबाट पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा होमिएकी उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन् । उपाध्याय यसअघि २०४८, २०५१, २०७४ र २०७९ मा मकवानपुरबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी थिइन् । 

वि.सं. २०४८ देखि २०७४ सम्म मकवानपुर क्षेत्र नम्बर–२ बाट चुनाव लडेकी उनी तत्कालीन नेकपा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । उपाध्याय२०६४ र २०७० को संविधानसभामा समानुपातिक सभासद् थिइन् । उनी पूर्व जलस्रोत राज्यमन्त्री समेत हुन् ।

उनी राज्यका हरेक निकायमा महिलाहरूको ३३ प्रतिशत अनिवार्य सहभागिता हुनुपर्ने, निर्णायक तहमा महिलाको ५० प्रतिशत पहुँच हुनुपर्ने धारणा राख्दै आएकी छन् ।