प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

प्रकाश शरण महत (Prakash Sharan Mahat)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
प्रकाश शरण महत
जम्मा मत

2,208

votes
6.1% of total votes in this constituency
About Candidate

वि.सं. २०१९ साल ०७ महिना १९ गते बुवा खड्गबहादुर महत र आम टोलकुमारी महतको कोखबाट पञ्चकन्या–२, कविलास, नुवाकोटमा जन्मिएका डा. महत नेपाली कांग्रेसको तर्फबाट नुवाकोट–१ बाट उम्मेदवार छन् । 

२०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित महतलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य र प्रवक्तामा मनोनीत गरेका थिए । 

२०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका डा. महत नेपाल विद्यार्थी संघको महामन्त्री पनि भए । 

२०५९ सालदेखि गत पुसमा विशेष महाधिवेशन नहुँदासम्म कांग्रेसको निरन्तर केन्द्रीय सदस्य रहेर काम गर्दै आएका थिए । उनी पार्टीको प्रवक्ता, केन्द्रीय सदस्य प्रचार विभाग प्रमुख भएर काम गरेका छन् । 

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्य भएर संसदीय राजनीति सुरु गरेका डा. महत पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फ सांसद बने । २०७४ मा काठमाडौँ–५ मा उम्मेदवार बनेका डा. महत पराजित भए । फेरि ०७९ मा समानुपातिक प्रणालीबाट सांसद भए ।