प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

राजेन्द्र प्रसाद पाण्डे (Rajendra Prasad Pandey)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राजेन्द्र प्रसाद पाण्डे
जम्मा मत

58

votes
0.3% of total votes in this constituency
About Candidate

नेकपाका चर्चित नेता राजेन्द्र पाण्डे अहिले नेकपाबाट धादिङ–१ बाट उम्मेदवार बनेका छन् । सानै उमेरदेखि एमालेबाट राजनीतिमा लागेका पाण्डेले २०४८, २०५१, २०५६ सालको निर्वाचनमा विजयी भएका थिए । २०६४ सालमा माओवादीका शालिकराम जम्मकट्टेलसँग पराजित भए । २०७० सालमा सोही क्षेत्रबाट पाण्डे निर्वाचित भए । 

२०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी २०७८ सालमा बागमती प्रदेशका मुख्यमन्त्री बने । २०७९ सालमा साबिक निर्वाचन क्षेत्रबाट नै निर्वाचित भएका पाण्डे अहिले २०४८ यता ८औँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रभावशाली नेता मानिएका उनी २०७८ सालमा एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा गएका थिए । 

पूर्वस्थानीय विकासमन्त्री रहेका पाण्डे गतवर्ष एकीकृत समाजवादीको १०औँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । ६९ वर्षका पाण्डेको घर धादिङको गजुरी गाउँपालिका छेपाङ पर्छ ।