प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

भुमि प्रसाद त्रिपाठी (Bhumi Prasad Tripathi)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
भुमि प्रसाद त्रिपाठी
जम्मा मत

1,312

votes
6.8% of total votes in this constituency
About Candidate

२०२२ सालमा धादिङको बेनिघाट रोराङ गाउँपालिका (साबिकको बेनिघाट गाविस) मा जन्मिएका त्रिपाठीको राजनीतिक यात्रा २०३६ सालको जनमत संग्रहताकाबाट सुरु भएको हो । आदर्श माध्यमिक विद्यालय, गजुरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य बनेर राजनीतिमा होमिएका उनी २०४९ सालमा काठमाडौंको प्रतिष्ठित नेपाल ल क्याम्पसको स्ववियु सचिव निर्वाचित भएपछि राष्ट्रिय राजनीतिको केन्द्रमा देखिएका थिए ।

त्रिपाठीले पार्टी संगठनमा करिब साढे चार दशक लामो समय व्यतित गरिसकेका छन् । २०५५ सालमा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र जिल्ला कमिटी सदस्य बनेका त्रिपाठी अध्ययन सकेर जिल्ला फर्केपछि पनि पार्टीकै राजनितिमा संगठित भए ।

२०६६ देखि २०७१ सालसम्म एमाले धादिङको सचिव, उपाध्यक्ष हुँदै २०७१ सालमा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका त्रिपाठीले झन्डै १२ वर्ष धादिङमा एमालेको नेतृत्व सम्हालेर जिल्लामा पार्टीलाई मजबुत बनाउन सफल भए ।