प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

लव शेर विष्ट (Love Sher Bishta)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
लव शेर विष्ट
जम्मा मत

23

votes
0.2% of total votes in this constituency
About Candidate

५४ वर्षीय विष्ट मकवानपुरको थाहा नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनले रत्नराज्य क्याम्पसबाट आईएसम्मको अध्ययन पूरा गरेका छन् ।

उनी मध्यमवर्गीय परिवारको पृष्ठभूमिबाट राजनीतिमा उदाएका नेता हुन् । उनी जनमुखी नेता रुपचन्द्र विष्टका सहकर्मीका रूपमा सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन् । 

जनमोर्चा नेपालबाट राजनीति सुरु गरेका विष्ट हाल नेकपामा आवद्ध छन् । उनी स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्ने नेताका रूपमा चिनिन्छन् ।

नगर प्रमुखका रूपमा उनले स्थानीय विकास, आधारभूत पूर्वाधार, सेवा प्रवाह र जनउत्तरदायी नेतृत्वलाई प्राथमिकतामा राखेर काम गरे । यही कार्यकालले उनलाई स्थानीय शासन र जनप्रतिनिधिको भूमिकामा अनुभवी बनायो ।