प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

शैलेन्‍द्र घिमिरे (Shailendra Ghimire)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
शैलेन्‍द्र घिमिरे
जम्मा मत

82

votes
0.5% of total votes in this constituency
About Candidate

स्याङजा क्षेत्र नम्बर १ मा १२ वर्षपछि पुनः उम्मेदवार बनेका छन् नेपाली कम्युनिस्ट (नेकपा) का केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे । पत्रकारिता, जनयुद्ध र खुला राजनीतिमा लामो अनुभव बोकेका घिमिरेको उम्मेदवारीलाई स्थानीय स्तरमा अर्थपूर्ण पुनरागमनका रूपमा हेरिएको छ ।

अर्जुनचौपारी गाउँपालिका-५ आरुचौरमा जन्मिएका घिमिरे राजनीतिक मात्र होइन, वैचारिक यात्रामा पनि परिचित नाम हुन् । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ‘डोको रेडियो’ सञ्चालन गरेर भूमिगत पत्रकारितामा सक्रिय घिमिरे खुला राजनीतिमा आएपछि ‘लालरक्षक’ पत्रिकाको सम्पादनदेखि ‘समाचार दैनिक’को सम्पादकीय मण्डलसम्म पुगे ।