प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
नागरिक उन्मुक्ति पार्टी, नेपाल(एकल चुनाव चिन्ह)

नागरिक उन्मुक्ति पार्टी, नेपाल(एकल चुनाव चिन्ह)

रेशमलाल चौधरी जेलमा रहेका बेला २०७८ पुसमा उनकी श्रीमती रञ्जिता श्रेष्ठको नामबाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरिएको थियो। २०७९ को निर्वाचनमा विशेषगरी पश्चिम तराईमा राम्रो समर्थन पाउँदै पार्टीले तीन प्रत्यक्ष सांसद जितेको थियो। रेशम चौधरीका बुवा स्वतन्त्र रूपमा निर्वाचित भई पछि नागरिक उन्मुक्ति पार्टीमै समाहित भएका थिए। रेशम चौधरी जेलमुक्त भएपछि २०८० पुसमा पार्टीको महाधिवेशन भयो। महाधिवेशनबाट चौधरीलाई अध्यक्ष घोषणा गरिए पनि निर्वाचन आयोगले मान्यता नदिएपछि रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम रहिन्। त्यसपछि पार्टीभित्र संस्थापक पक्ष र महाधिवेशन पक्षबीच विवाद बढ्दै गयो। पछि रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग भई २०८२ कात्तिकमा आफू संरक्षक रहने गरी कविर सोप अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टी दर्ता गराए। यता नागरिक उन्मुक्ति पार्टी नेपाल राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग सहकार्य गर्दै एउटै चुनाव चिन्हमा फागुन २१ गते हुने निर्वाचनमा सहभागी भएको छ। उता रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी भने नेपाली कम्युनिष्ट पार्टीमा समाहित भइसकेको छ।

उम्मेदवार जिल्ला

जम्मा निर्वाचन क्षेत्र

प्राप्त मत

जिल्ला
नागरिक उन्मुक्ति पार्टी, नेपाल(एकल चुनाव चिन्ह)
No districts found for this party