२०८१ वैशाखमा अशोक राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर जनता समाजवादी पार्टी गठन गरेका थिए। उनलाई प्रदीप यादव, रेणु यादव, राजेन्द्र श्रेष्ठ, विरेन्द्र महतो र इस्तियाक राईलगायत नेताहरूले साथ दिएका थिए। तर चुनाव नजिकिँदै जाँदा ती अधिकांश नेताहरूले उनको साथ छाडे। कोही विभिन्न दलमा आबद्ध भए भने कोही अन्य राजनीतिक यात्रामा लागे। अशोक राई भने अन्यत्र नगई एक्लै भए पनि पार्टीलाई अगाडि बढाउने निर्णयमा पुगेका छन्। फागुनमा हुन गइरहेको निर्वाचनमा जनता समाजवादी पार्टीले रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग सहकार्य गरेको छ। यी तीन दल एउटै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी भएका छन्। पार्टी स्थापना भएदेखि नै जनता समाजवादी पार्टीको अध्यक्ष अशोक राई नै रहेका छन्।
| जिल्ला |
जनता समाजवादी पार्टी
|
|---|---|
|
No districts found for this party
|
|