थरुहट आन्दोलनको जगमा नागरिक उन्मुक्ति पार्टी, नेपाल जन्मिएको हो । यो पार्टीका संस्थापक नेता रेशम चौधरी हुन् । थारु आन्दोलनका क्रममा २७ भदौ २०७२ सालमा भएको हिंसात्मक टीकापुर घटनापछि विकसित परिस्थितिमा रेशमले पार्टी खोलेका हुन् । टीकापुर घटना अघिसम्म रेडियो सञ्चालक रेशम संगीत र व्यवसाय क्षेत्रमा थिए । तर टीकापुर घटनामा एक जना बालक सहित ८ प्रहरीको ज्यान गएपछि रेशम चौधरीको यात्रा बदलियो । उनलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनायो । २२ फागुन २०७५ मा जन्मकैदको सजाय सुनाउनुअघि फरार अवस्थामै रेशमले चुनाव जितिकसकेका थिए । राष्ट्रिय जनता पार्टी (राजपा) बाट टिकट लिएर कैलाली-१ बाट २०७४ सालको चुनाव रेशमले जिते । सांसद पदको शपथसम्म लिन पाएका रेशम जेलमा रहँदै कार्यकाल सकियो । जिल्ला अदालतकै फैसला उच्च अदालत र सर्वोच्चले पनि सदर गरेकाले उनीसँग जेल बस्नुको विकल्प थिएन । तर जेलभित्रबाटै उनले राजनीति गरे । गीत लेखे, संगीत गरे र म्युजिक भिडियो बनाएर जनतासँग न्यायको अपिल गरे । उनी जेलमै हुँदा १९ पुस २०७८ मा पार्टी खोले- नाउपा । आफू संरक्षक बसेर पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाए । २०७९ को चुनावमा कैलाली-१ बाट (आफूले जितेको क्षेत्रमा) रञ्जितालाई उम्मेदवार बनाए । बर्दिया-२ बाट रेशम नै उम्मेदवार बने । रेशमको उम्मेदवारी रद्द भएपनि स्वतन्त्र उम्मेवार बनेका बुवा लालबीरले चुनाव जिते । रञ्जिता, लालबीर सहित ४ जनाले संघीय संसदमा प्रत्यक्ष तर्फ जितेका थिए । प्रदेशसभा तर्फ सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेशमा एक सिट जितेर नाउपाले राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति देखायो । यही संसदीय गणितका आधारमा रञ्जिता संघीय सरकारको मन्त्री भइन् । उनकै पहलकदमीमा ०८० सालको गणतन्त्र दिवसको अवसर पारेर रेशमलाई आममाफी दिइयो । आममाफी पाएर रेशम जेलमुक्त भएपछि भने नाउपाभित्र कलह देखिन थाल्यो । पत्नी रञ्जितासँगको मतभेद बढ्दै जाँदा पार्टी नै विभाजित भयो । यो चुनावअघि रञ्जिताको समूह नेपाली कम्युनिष्ट पार्टीमा विलय भइसकेको छ । रेशमले भने नाउपा. नेपाल गठन गरे । जेनजी युवा कबीर सोबलाई अध्यक्ष बनाएका रेशमले चुनाव चिन्ह ढकिया छोडेर जातो लिएका छन् । सँगै, सांस्कृतिक पहिचानको एजेण्डा बोक्ने अशोक राई र राजेन्द्र महतोसँग चुनावी मोर्चा गरेका छन् ।
| जिल्ला |
नागरिक उन्मुक्ति पार्टी, नेपाल
|
||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| सुनसरी |
|
||||||||||
| उदयपुर |
|
||||||||||
| सप्तरी |
|
||||||||||
| सिरहा |
|
||||||||||
| सर्लाही |
|
||||||||||
| बारा |
|
||||||||||
| रामेछाप |
|
||||||||||
| काठमाण्डौँ |
|
||||||||||
| नवलपरासी (पुर्व) |
|
||||||||||
| नवलपरासी (पश्चिम) |
|
||||||||||
| रुपन्देही |
|
||||||||||
| कपिलवस्तु |
|
||||||||||
| दाङ |
|
||||||||||
| बाँके |
|
||||||||||
| बर्दिया |
|
||||||||||
| कैलाली |
|
||||||||||
| कञ्चनपुर |
|
||||||||||
| बैतडी |
|
||||||||||